Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

मनसुन भित्रिन ढिलाइ, ‘सुपर एल–निनो’ का कारण खडेरीको जोखिम बढ्यो


३, असार २०८३
  • 62
    SHARES
  • मनसुन भित्रिन ढिलाइ, ‘सुपर एल–निनो’ का कारण खडेरीको जोखिम बढ्यो

    काठमाण्डाै – नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति पार भएको चार दिन बितिसक्दा पनि मनसुन भित्रिएको छैन । एक हप्ताअघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसुन अझै अघि बढ्न नसकेको मौसमविद्हरूले बताएका छन् ।

    त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा. विनोद पोखरेलका अनुसार एक हप्तादेखि मनसुन जहाँको तहीँ स्थिर छ ।

    जुन १३ तारिख मनसुन भित्रिने औसत मिति भए पनि १० दिनसम्मको अघिपछिलाई सामान्य मानिन्छ । तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको ‘एल–निनो’ का कारण निकै कम पानी पर्ने अनुमान गरिएकाले मनसुनको यो ढिलाइले चिन्ता बढाएको हो ।

    मौसमविद् डा. पोखरेल यसपालि पश्चिम क्षेत्रसहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको बताउनुहुन्छ । नेपालमा पछिल्ला १५ मध्ये धेरैजसो हिउँद सुक्खा बनेका छन् भने गएकाे वर्ष मधेश प्रदेशलाई सुक्खा क्षेत्र नै घोषणा गरिएको थियो । यस्तै लगातार पछिल्ला तीन वटा हिउँदमा ८० प्रतिशतभन्दा कम पानी परेकाे छ जुन चरम सुक्खाको अवस्था हो ।

    त्रिविकै सहप्राध्यापक डा. मदन सिग्देल यस पटक ‘सुपर एल–निनो’ को सम्भावना रहेकाले अबको एक महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ । उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ ।

    यसैबीच संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार सन् १९९५ देखि हरेक वर्ष जुन १७ मा मनाइने ’विश्व खडेरीविरुद्धको सङ्घर्ष दिवस’ आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । 

    मरुभूमिकरण र भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ यस वर्ष ‘चरन क्षेत्र : पहिचान, सम्मान र पुनर्स्थापना गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।

    ‘एल–निनो’ समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्था हो । प्रशान्त महासागरको सतहमाथिको तापक्रममा ० दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै ‘एल–निनो’ प्रभाव हो ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend