काठमाण्डौ - नारायणगढ–मुग्लिन सडकमा एकतर्फी रूपमा गाडी सञ्चालन भइरहेका छन् ।
गए राति तुइन खोलामा पहिरो खसेपछि सडक केहीबेर अवरुद्ध भएर पछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।
पहिरो हटाए पनि बेलाबेला ढुङ्गा खस्ने गरेकाले सडक एकतर्फी खुलेको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले गाडीहरू आलोपालो चलिरहेका छन् र जामको समस्या छैन ।
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा बेलाबेला पहिरो र ढुङ्गा खसिरहने हुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।