Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध


५, असार २०८३
  • 74
    SHARES
  • बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    काठमाडौँ । अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ८ बजे जारी गरेको विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन आग्रह गरेको छ।

    कोशी प्रदेशका तीन जिल्लामा बाढीका कारण सडक अवरुद्ध भएको छ, यद्यपि ती स्थानहरूमा हाल एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्।

    मध्य पहाडी लोकमार्गको भोजपुर नगरपालिका–५, बोखिममा जेठ १२ गते आएको बाढीका कारण सडक एकतर्फी मात्र खुलेको छ। त्यहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ।

    पाँचथर सोही राजमार्गको याङवरक गाउँपालिका–२, दोभानमा जेठ ८ गतेदेखि सडक एकतर्फी छ।

    मेची राजमार्गको इलाम नगरपालिका–९, राजदुवालीमा आएको बाढीले गर्दा यातायात एकतर्फी रूपमा मात्र सुचारु छ।

    बागमती प्रदेशमा सवारी आवागमनमा कडा प्रतिबन्ध र पूर्ण अवरोध देखिएको छ।

    सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा जेठ २२ गतेदेखि नै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौँ जोड्ने सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ। जेठ १५ गतेदेखि सुरु भएको सडक मर्मत कार्यका लागि यो खण्ड एक महिनासम्मका लागि बन्द रहने जानकारी दिइएको छ।

    गण्डकी प्रदेशको लमजुङ जिल्लामा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बेसीसहर–मनाङ सडक खण्ड अन्तर्गत बेसीसहर नगरपालिका–६, खरखरे भिरमा बिहीबामर राति पहिरो खसेका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

    726247583_1048221934548282_5951033896840078110_n

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend