Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

मकालु बेस क्याम्प : साहसिक पर्यटनको नयाँ गन्तव्य, प्रवर्द्धनमा सरकारको विशेष जोड


६, असार २०८३
  • 73
    SHARES
  • मकालु बेस क्याम्प : साहसिक पर्यटनको नयाँ गन्तव्य, प्रवर्द्धनमा सरकारको विशेष जोड

    काठमाडौँ l पूर्वी नेपालको दुर्गम तर अनुपम प्राकृतिक सौन्दर्यले भरिएको मकालु बरुण उपत्यका पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। जैविक विविधता, दुर्लभ वन्यजन्तु, हिमाली दृश्यावली र रोमाञ्चक पदयात्रा मार्गका कारण यस क्षेत्रलाई नेपालको सम्भावनायुक्त साहसिक पर्यटन गन्तव्यका रूपमा हेरिन थालेको छ। यस क्षेत्रको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ। 

    यही सन्दर्भमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको दीर्घकालीन आर्थिक समृद्धिको प्रमुख आधार दिगो र साहसिक पर्यटन भएको उल्लेख गर्दै मकालु बेस क्याम्पजस्ता अद्वितीय तर अझै ओझेलमा रहेका हिमाली गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

    प्रधानमन्त्री शाहका अनुसार यस्ता पर्यटकीय क्षेत्रसम्म सहज पहुँच विस्तार गर्न यातायात पूर्वाधार, सञ्चार तथा सूचना प्रविधिको विकासमा सरकारले विशेष ध्यान दिइरहेको छ। उहाँले स्थानीय संस्कृति, जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षण गर्दै इको–टुरिज्म (पर्या-पर्यटन) को माध्यमबाट स्थानीय समुदायको आर्थिक सशक्तीकरण गर्न युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो।

    काठमाडौँबाट तुम्लिङटार हुँदै नुम सम्म पुगेर सुरु हुने मकालु बेस क्याम्प पदयात्रा पूरा गर्न सामान्यतया १७ देखि १८ दिन लाग्ने गर्दछ। चुनौतीपूर्ण भए पनि अत्यन्त रोमाञ्चक मानिने यस पदयात्रा मार्गमा पर्यटकहरूले सेदुवा, तासिगाउँ, खोंगमा डाँडा, दोबाटो हुँदै मनमोहक बरुण उपत्यका को मनोरम दृश्य अवलोकन गर्न सक्छन्।

    समुद्री सतहबाट ४,८७० मिटर उचाइमा अवस्थित मकालु बेस क्याम्प पुग्नुअघि पर्ने याङ्ग्ले खर्क र धार्मिक महत्व बोकेको शिव धारा यस यात्राका प्रमुख आकर्षण मानिन्छन्। विशेषगरी वसन्त ऋतु (मार्च-मे) र शरद ऋतु (सेप्टेम्बर-नोभेम्बर) लाई यो पदयात्राका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ।

    सरकारको बढ्दो चासो र प्रधानमन्त्रीको स्पष्ट प्रतिबद्धतासँगै आगामी दिनमा मकालु क्षेत्रमा पर्यटन पूर्वाधारको थप विकास भई नेपालको साहसिक पर्यटन क्षेत्रले नयाँ उचाइ हासिल गर्ने विश्वास गरिएको छ।

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend