Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अमेरिका–इरान वार्ता: जेडी भान्स स्विट्जरल्यान्ड प्रस्थान


७, असार २०८३
  • 79
    SHARES
  • अमेरिका–इरान वार्ता: जेडी भान्स स्विट्जरल्यान्ड प्रस्थान

    काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार बिहान स्विट्जरल्यान्ड पुगेका छन् । स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता सुरु हुने तयारी भइरहँदा सोही वार्तामा सहभागी हुन उनी त्यहाँ गएका हुन् । 

    अमेरिकी प्रतिनिधिमन्डलको नेतृत्व भान्सले गरेका छन् । इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरिरहेका छन् ।

    वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेनाका फिल्ड मार्शल आसिम मुनिर पनि सहभागी हुनेछन् । पाकिस्तानले युद्ध अवधिभर मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । 

    यसैबीच इरानी सेनाले इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणको प्रतिक्रियास्वरूप स्टे«ट अफ होर्मुज पुनः बन्द गरिएको दाबी गरेको छ । तर अमेरिकी सेनाले उक्त दाबी अस्वीकार गर्दै जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको जनाएको छ ।

    अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता भएपनि इजरायल र हिजबुल्लाह बीचको द्वन्द्व पूर्ण रूपमा रोकिएको छैन । शनिबार इजरायली हवाई आक्रमणमा लेबनानमा कम्तीमा ४७ जनाको मृत्यु भएको बताइएको छ । 

    इजरायली रक्षा बल (आईडीएफ)ले हिजबुल्लाहसँग सम्बन्धित ८० वटा लक्ष्यमा आक्रमण गरी दर्जनौँ लडाकु मारिएको जनाएको छ । इजरायलका चार सैनिक पनि मारिएको बताइएको छ ।

    अमेरिकाले सम्झौताअनुसारका प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै इरानले स्टे«ट अफ होर्मुज बन्द गरिएको जनाएको छ । तर अमेरिकी सेनाको मध्य कमाण्ड (सेन्टकम) ले जहाजहरूको आवतजावत जारी रहेको र इरानले उक्त स्टे«ट नियन्त्रण नगर्ने स्पष्ट पारेको छ । एजेन्सी

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend