Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

‘समायोजन भएकाहरूलाई अन्याय हुँदैन’ : रवि लामिछाने


७, असार २०८३
  • 66
    SHARES
  • ‘समायोजन भएकाहरूलाई अन्याय हुँदैन’ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने क्रममा विभिन्न राजनीतिक तथा सामाजिक समूहबाट समायोजन भएर आएका नेता–कार्यकर्तालाई चुनावी प्रतिस्पर्धाभन्दा बाहिरबाटै केन्द्रीय नेतृत्वमा समेट्ने रणनीति अघि सारेको छ।

    पार्टीमा प्रवेश गरेको छोटो अवधिमै निर्वाचन प्रक्रियाबाट नेतृत्वमा पुग्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै उनीहरूलाई सभापतिको मनोनयनमार्फत केन्द्रीय समितिमा स्थान दिने तयारी गरिएको स्रोतले जनाएको छ। यही उद्देश्यका लागि रास्वपाले केन्द्रीय समितिको आकार बढाएर १५८ सदस्यीय बनाएको छ।

    रास्वपामा आमनिर्वाचनअघि विभिन्न राजनीतिक तथा वैकल्पिक धारका समूहहरूबाट नेता–कार्यकर्ता समायोजन भएका थिए। बालेन समूह, विवेकशील साझा, खगेन्द्र सुनुवार नेतृत्वको समूह, थरुहट आन्दोलनसँग आबद्ध व्यक्तिहरूलगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरू पार्टीमा आबद्ध भएका थिए। उनीहरूमध्ये केहीले सरकार तथा संसदमा प्रतिनिधित्वको अवसर पाए पनि लामो समयदेखि पार्टीमा सक्रिय रहेर पनि जिम्मेवारी नपाएका नेता–कार्यकर्तालाई अब केन्द्रीय नेतृत्वमा ल्याउने तयारी गरिएको छ।

    महाधिवेशनपूर्व बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले समायोजनबाट आएका नेता–कार्यकर्ताप्रति पार्टी जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

    उनले भनेका थिए, “तपाईंहरूको योगदान र अवस्थाबारे म पूर्ण रूपमा जानकार छु। तपाईंहरू निरन्तर पार्टीका लागि सक्रिय हुनुहुन्छ। तर भर्खरै संगठनमा आएर निर्वाचनमार्फत प्रतिस्पर्धा गर्नु सहज हुँदैन। पार्टीले यस विषयलाई उचित रूपमा सम्बोधन गर्नेछ।”

    पार्टी स्रोतका अनुसार रास्वपामा आबद्ध भएर पनि हालसम्म कुनै लाभको पद वा अवसर प्राप्त नगरेका व्यक्तिहरूलाई केन्द्रीय सदस्य मनोनयनमा प्राथमिकता दिइनेछ। यसलाई समायोजन प्रक्रियालाई न्यायोचित र समावेशी बनाउने पार्टी नेतृत्वको प्रयासका रूपमा हेरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend