Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै


८, असार २०८३
  • 27
    SHARES
  • लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै

    लुम्बिनी, असार ८ । लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ।

    प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने प्रदेशसभाको दशौँ बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सञ्चालन गरिने कार्यसूची तय गरिएको छ।

    बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्। प्रस्तावमाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले आफ्नो धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका जिज्ञासा तथा प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिने कार्यक्रम रहेको छ।

    त्यसैगरी, मन्त्री कार्कीले ‘आर्थिक वर्ष २०८३/८४ को सेवा तथा कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि प्रदेशसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

    प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको थियो। उक्त बजेटमाथिको सैद्धान्तिक छलफलसँगै विनियोजन विधेयकको प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend