Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

तिलोत्तमामा विद्युत लापरबाही : ४० घरधुरी जोखिममा, तीनको ज्यान गइसक्यो


८, असार २०८३
  • 255
    SHARES
  • तिलोत्तमामा विद्युत लापरबाही : ४० घरधुरी जोखिममा, तीनको ज्यान गइसक्यो

    रूपन्देही l तिलोक्त्तमा नगरपालिका वडा नं. १ प्रेमनगर नयाँगिल क्षेत्रमा विद्युत प्राधिकरणको लापरबाहीका कारण स्थानीय बासिन्दा गम्भीर जोखिममा परेका छन्। बस्तीको बीचबाट लगिएको ११ केभी विद्युत लाइन का कारण प्रत्यक्ष रूपमा करिब ४० घरधुरी असुरक्षित अवस्थामा रहेको स्थानीयहरूले बताएका छन्।

    स्थानीय पीडित मधु पाण्डेका अनुसार उक्त लाइनलाई सुरक्षित रूपमा बाटोको किनाराबाट लैजान सकिने विकल्प हुँदाहुँदै पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको आरोप छ। उनका अनुसार स्थानीयले पटक-पटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधानतर्फ कुनै पहल भएको छैन।

    पूर्व प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले भने हामीले धेरै पटक अनुरोध पनि सुनाइ भएको छैन । करिब तीन दशक पुराना काठका पोल खेतको बीचमा जीर्ण अवस्थामा रहेको र जुनसुकै बेला ढल्न सक्ने खतरा रहेको बताएका छन्। उनका अनुसार पोल ढल्दा ठूलो मानवीय क्षति हुनसक्ने अवस्था छ। “यदि लाइनलाई बाटोको छेउबाट व्यवस्थापन गरियो भने धनजनको क्षति रोक्न सकिन्छ,” उनले बताए।

    स्थानीयका अनुसार यसै विद्युत लाइनसँग सम्बन्धित दुर्घटनामा अहिलेसम्म तीन जनाले ज्यान गुमाइसकेका छन्, तर त्यसपछि पनि सम्बन्धित निकाय गम्भीर नबन्दा स्थानीय आक्रोशित बनेका छन्।

    स्थानीय बासिन्दाको माग स्पष्ट छ - जोखिमपूर्ण पोल र लाइन तत्काल हटाइयोस्, जनताको चाहनाअनुसार बाटोको क्षेत्रबाट सुरक्षित रूपमा विद्युत लाइन व्यवस्थापन गरियोस्।

    प्रश्न अहिले पनि उही छ -तीन जनाको ज्यान गइसकेपछि पनि यदि राज्य मौन बस्छ भने, भोलिको दुर्घटनाको जिम्मेवारी कसले लिने?

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend