Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षा


१०, असार २०८३
  • 76
    SHARES
  • लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षा

    काठमाण्डौ - लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँहरूमा आज पनि तातो लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    महाशाखाले निकालेको बुलेटिन अनुसार पश्चिम तराईमा अत्यधिक गर्मी र देशका अन्य पहाडी भूभागमा भने वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पछिल्लो केहीदिन यता गर्मी कायमै छ । 

    यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँहरूमा भने मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा पनि वर्षाको सम्भावना छ । 

    कोशी प्रदेशका केही ठाउँ तथा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । 

    देशका विभिन्न भागमा एकातिर गर्मी र तातो लहरको असर देखिँदा अर्कोतर्फ केही पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकोले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend