Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो


१०, असार २०८३
  • 92
    SHARES
  • लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो

    काठमाण्डाै – लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो ३ दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो । साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

    पर्सि शुक्रवारसम्म कैलालीको धनगढीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र बाँकेको नेपालगञ्ज तथा रुपन्देहीको भैरहवामा तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ । सुर्खेतको वीरेन्द्रनगर र दाङ घोराहीको तापक्रम पनि बढ्नेछ ।

    ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काममा बाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend