Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बर्खासँगै डेङ्गी नियन्त्रणमा काठमाडौँ महानगर, १,६५० जनशक्ति परिचालन


१२, असार २०८३
  • 93
    SHARES
  • बर्खासँगै डेङ्गी नियन्त्रणमा काठमाडौँ महानगर, १,६५० जनशक्ति परिचालन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खा याम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ ।

    स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ । 

    यो क्षमता विकासपछि केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले वडामा ५० जनालाई तालिम प्रदान गर्नेछन्। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूह लगायतका संघसंस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ । यो तालिमपछि तालिम प्राप्त जनशक्तिलाई वडाका विभिन्न स्थान छुट्याएर डेंगी सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन हुनेछ । 

    डेंगी सङ्क्रमण दरमा कमी ल्याउने, डेंगीका कारण हुने मृत्यु दर घटाउने डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय लक्ष्य राखिएको छ । निगरानी तथा अनुगमन प्रणाली सुधार, कीट नियन्त्रण, जोखिम सञ्चार तथा सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्व तयारी तथा प्रतिकार्य, नेतृत्व, वहुक्षेत्रीय सहकार्य र कार्यक्रम व्यवस्थापन सुधार, अनुसन्धान र नवप्रवर्तन कार्यक्रमका रणनीति हुन् । क्षमता विकास कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य कार्यालय काठमाडौँका अधिकारीहरूले प्रस्तुतीकरण मार्फत लक्ष्य र रणनीतिका बारेमा जानकारी गराएका थिए । 

    'मनसुन सुरु भएसँगै साउन महिनाबाट क्रमशः डेंगीको सङ्क्रमण फैलिँदै जाने र कार्तिक, मंसिर महिनामा उच्च सङ्क्रमण देखिन्छ । अहिलेबाट नै प्रतिकार्य गर्न सकियो भने विगत वर्षको भन्दा यस वर्ष सङ्क्रमण दर घटाउन सम्भव छ । यसका लागि सबैले प्रयत्न गर्नुपर्छ ।' तालिम अवसरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले भने, ‘रोग नियन्त्रणका लागि व्यक्ति व्यक्ति र परिवार परिवारको जिम्मेवारीबाट सफलता प्राप्त गर्न सकिन्छ ।’

    'समुदाय स्तरमा डेङ्गी रोगको रोकथामका प्रयासका बारेमा सन्देश प्रवाह गर्ने, उनीहरूलाई कार्यक्रममा सहभागी गराउने र नियन्त्रण प्रयासलाई घर घरमै लैजाने प्रयास गरिरहेका छौँ ।' महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषाल भन्छन्, ‘विगत वर्षका सिकाइ र अनुभवलाई प्रयोग गर्दै रोग रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई थप प्रभावकारी बनाउँछौँ ।’

    डेङ्गी सङ्क्रमण फैलाउने लामखुट्टे सफा जमेको पानीमा बस्छ । यसकारण सफा पानी राखिने भाँडाहरुमा पानी भरेर राख्नुहुँदैन । पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन । अहिले झरी परिरहेको र यस क्रममा जम्मा हुने पानीमा लामखुट्टेका लार्भा हुर्किन सक्ने भएकोले अहिलेदेखि नै सजगता अपनाउन आवश्यक छ । 

    एडिस जातको सङ्क्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्क्ने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेङ्गी रोग लाग्छ । सामान्यतया सङ्क्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, ७ दिनसम्म ज्वरो रहने, आँखाको गेडी दुख्ने, हाडजोर्नी तथा मांसपेशी दुख्ने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने जस्ता लक्षण देखिन सक्छ । ज्वरो आएपछिको ३ देखि ५ दिनपछि सरीरमा राता राता विमिरा आउन सक्छन् ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend