Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुमबासीहरु प्रदर्शनमा


१३, असार २०८३
  • 77
    SHARES
  • होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुमबासीहरु प्रदर्शनमा

    काठमाण्डौ — सुरक्षित पुनर्स्थापना बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुमबासीहरुले काठमाण्डौको माइतिघरमा प्रदर्शन गरेका छन् ।

    होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले आज माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् । सुरक्षित पुनर्स्थापना, भू–स्वामित्वसहितको बास तथा सम्मानजनक आवास सुनिश्चित नगरी बलपूर्वक नहटाउन माग गर्दै भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले हिजो  पनि प्रदर्शन गरेका थिए ।

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउने शुक्रवार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानुन बमोजिम न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन्  ।  

    होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाब दिँदा मानसिक तनाव उत्पन्न भएको थापाथली सुकुम्बासी बस्तीबाट हटाइएको बलबहादुर खातीले बताउनुभएको छ  ।

    यसैगरी, सरकारका विभिन्न निकाय र प्रहरीहरूले २५ हजार बुझेर होल्डिङ सेन्टर छाड्नका दबाब दिदा कहाँ गएर बस्ने चिन्ता बढेको शंखमुलबाट हटाइएका शुरेश राईले दुखेसो पोख्नुभएको छ ।

    सरकारले सडकमा अलपत्र पार्न खोजिएको भन्दै उनीहरुले  तत्काल उचित व्यवस्थापन गर्न माग गरेका छन्  । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend