Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

गृहमन्त्रीको ‘सप्राइज’ सीमा अनुगमन : स्थानीयले देखाइदिए रातारात हुने तस्करीको वास्तविकता


१४, असार २०८३
  • 70
    SHARES
  • गृहमन्त्रीको ‘सप्राइज’ सीमा अनुगमन : स्थानीयले देखाइदिए रातारात हुने तस्करीको वास्तविकता

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कुनै औपचारिक जानकारी नदिई भारतसँग जोडिएका बारा–पर्साका प्रमुख सीमा नाकामा आकस्मिक अनुगमन गर्दै तस्करी नियन्त्रणको वास्तविक अवस्था बुझ्ने प्रयास गरेका छन्। उनको भ्रमणबारे स्थानीय प्रशासन र सुरक्षा निकायसमेत पूर्वजानकारीविहीन रहेपछि सीमाक्षेत्रमा हलचल मच्चिएको थियो।

    शुक्रबार साँझ मधेश पुगेका मन्त्री गुरुङले पर्साको जगरनाथपुर गाउँपालिका अन्तर्गतको जानकी टोला, ड्राइपोर्ट क्षेत्र तथा बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा नाकाको स्थलगत निरीक्षण गरेका थिए। शनिबार सीमरा विमानस्थलबाट काठमाडौं फर्किने क्रममा मात्रै प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू उनीसँग भेट्न पुगेका थिए।

    अनुगमनका क्रममा मन्त्री गुरुङले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै सीमाक्षेत्रको यथार्थ बुझ्न खोजे। स्थानीयले रातिको समयमा सयौँ साइकलमार्फत भन्सार छलेर सामान नेपाल भित्रिने गरेको गुनासो गरेपछि मन्त्री स्वयंले, "पालैपालो आउँछन् कि थोरै–थोरै ? अहिले पनि यस्तो भइरहेको छ ?" भन्दै वास्तविक अवस्था बुझ्न चासो देखाएका थिए।

    स्थानीयले तस्करी अहिले पनि नरोकिएको दाबी गर्दै मन्त्रीलाई केहीबेर सीमा क्षेत्रमा बसेर आफ्नै आँखाले गतिविधि अवलोकन गर्न आग्रह गरेका थिए। त्यसपछि मन्त्री गुरुङले आफ्ना सहयोगीलाई थप निरीक्षण गर्न निर्देशन दिएका थिए।

    उनले सीमा नाकामा जडान गरिएका सीसीटीभी प्रणालीको निगरानी कसले गर्छ भन्ने विषयमा पनि जानकारी लिएका थिए। स्थानीयका अनुसार सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) ले सीसीटीभीमार्फत सीमाक्षेत्रको निगरानी गर्दै सबै गतिविधिको रेकर्ड राख्ने गरेको छ।

    अनुगमनपछि मन्त्री गुरुङले गृह प्रशासनका अधिकारीलाई भन्सार छली तथा सबै प्रकारका तस्करी नियन्त्रणमा प्रभावकारी रूपमा लाग्न स्पष्ट निर्देशन दिएका छन्।

    मन्त्री गुरुङको यो अप्रत्याशित भ्रमणलाई सीमाक्षेत्रमा लामो समयदेखि चल्दै आएको तस्करी नियन्त्रणको वास्तविक अवस्था बुझ्ने तथा सुरक्षा संयन्त्रको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रयासका रूपमा हेरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend