Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

‘विष्णु पौडेललाई तत्काल रिहा गर’ : संसदबाट एमालेको कडा माग


१४, असार २०८३
  • 78
    SHARES
  • ‘विष्णु पौडेललाई तत्काल रिहा गर’ : संसदबाट एमालेको कडा माग

    काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेको छ। साथै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै सार्वजनिक रूपमा माफी माग्न र संसदको अभिलेखबाट उक्त अभिव्यक्ति हटाउन पनि एमालेले सरकारसँग माग गरेको छ।

    आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद पुष्पराज कँडेलले सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा उपाध्यक्ष पौडेललाई पक्राउ गरेको आरोप लगाए। उनले गत निर्वाचनमा गाडी उपलब्ध गराउने एक व्यक्तिको आरोपलाई आधार बनाएर विपक्षी दललाई तर्साउने र विशेषगरी एमालेलाई बदनाम गर्ने उद्देश्यले गिरफ्तारी गरिएको दाबी गरे।

    ‘यस्तो राष्ट्रघाती अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्छ। संसदको अभिलेखबाट विवादास्पद अभिव्यक्ति हटाउनुपर्छ,’ कँडेलले संसदमा भने।

    एमालेले सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका उपाध्यक्ष विष्णु पौडेल पूर्णतः निर्दोष रहेको दाबी गर्दै सरकार अपराधीलाई उन्मुक्ति दिने तर विपक्षीमाथि राजनीतिक प्रतिशोध साँध्ने काममा लागेको आरोप पनि लगाएको छ। कँडेलले करका दरको सूचना चुहाएर बिचौलियालाई फाइदा पुर्‍याउने काममा सरकार संलग्न रहेको आरोपसमेत लगाए।

    सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले गत साता सुर्खेतबाट पक्राउ गरेको थियो। त्यसयता उनको गिरफ्तारीलाई लिएर सत्ता–प्रतिपक्षबीच राजनीतिक आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend