Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

‘प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, संसदबाट चाहिन्छ’ : सांसद आरेन राई


१४, असार २०८३
  • 58
    SHARES
  • ‘प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, संसदबाट चाहिन्छ’ : सांसद आरेन राई

    काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको विवादास्पद सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिनिधिसभामै स्पष्ट जवाफ दिन सरकारसँग माग गरेका छन्। उनले संसदमा उठेको विषयको उत्तर सार्वजनिक कार्यक्रम वा अन्य मञ्चबाट नभई संसदमै आउनुपर्ने बताएका छन्।

    आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन आफूहरूले लामो समयदेखि माग गर्दै आए पनि त्यसबारे कुनै सुनुवाइ नभएको गुनासो गरे।

    उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो कि राष्ट्रघाती थियो भन्ने विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। उनका अनुसार यदि उक्त अभिव्यक्ति राष्ट्रहितमा भएको हो भने अभिलेखबाट हटाउनु आवश्यक छैन, तर राष्ट्रघाती ठहरिए संसदको रेकर्डबाट तत्काल हटाइनुपर्छ।

    ‘हामी प्रधानमन्त्रीको जवाफ चितवन वा कुनै सार्वजनिक कार्यक्रममा होइन, यही प्रतिनिधिसभाबाट सुन्न चाहन्छौँ,’ राईले भने, ‘संसदप्रति सरकारको जवाफदेहिता सुनिश्चित हुनुपर्छ।’

    सांसद राईको भनाइसँगै प्रधानमन्त्रीको अभिव्यक्ति र त्यसको संसदीय अभिलेखलाई लिएर संसदमा नयाँ बहस चर्किएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend