Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

तिनाउको बाढीमा फसेका युवकको सकुशल उद्धार


१४, असार २०८३
  • 70
    SHARES
  • तिनाउको बाढीमा फसेका युवकको सकुशल उद्धार

    काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको आकस्मिक बाढीमा फसेका एक युवकको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।

    आइतबार बिहान करिब ८:३० बजे दाउरा निकाल्ने क्रममा खोलामा पसेका गुल्मी मालिका गाउँपालिका–३ पैयुखर्कका स्थायी बासिन्दा तथा हाल बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जमा बस्दै आएका ३१ वर्षीय गोरखबहादुर विक अचानक आएको बाढीमा फसेका थिए।

    घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलको संयुक्त उद्धार टोली घटनास्थल पुगेको थियो। सुरक्षाकर्मीको तत्काल सक्रियताका कारण विकलाई सकुशल उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ।

    मनसुन सक्रिय भएसँगै नदी तथा खोलामा पानीको बहाव एक्कासि बढ्ने जोखिम रहेकाले प्रशासनले नदी–खोला आसपास अनावश्यक रूपमा नजान र विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend