Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

दुई प्रतिष्ठित चिकित्सक डा. सम्पदा आचार्य र डा. प्रशन्न भट्टराई शुभ-विवाह बन्धनमा बाँधिँदै


१६, असार २०८३
  • 102
    SHARES
  • दुई प्रतिष्ठित चिकित्सक डा. सम्पदा आचार्य र डा. प्रशन्न भट्टराई शुभ-विवाह बन्धनमा बाँधिँदै

    काठमाडौं l समाजसेवा, समर्पण र स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका दुई प्रतिभाशाली युवा चिकित्सक अब जीवनको नयाँ र पवित्र यात्रामा एकसाथ अघि बढ्ने भएका छन् । डा. सम्पदा आचार्य र डा. प्रशन्न भट्टराई शुभ-विवाहको मंगलमय बन्धनमा बाँधिन लागेका हुन् ।

    काठमाडौ, नैकाप  निवासी कमल आचार्य र मन्जु आचर्यकी सुपुत्री डा. सम्पदा आचार्य तथा काठमाडौं, टोखा नगरपालिका-६ निवासी भानुभक्त भट्टराई र शारदा भट्टराईका सुपुत्र डा. प्रशन्न भट्टराई बीच सम्पन्न हुन लागेको यो वैवाहिक समारोहलाई केवल दुई व्यक्तिको मिलनका रूपमा मात्र नभई दुई सुसंस्कृत, प्रतिष्ठित र सम्मानित परिवारबीच स्थापित हुँदै गएको आत्मीय सम्बन्धको सुन्दर प्रारम्भका रूपमा हेरिएको छ ।

    आफ्नो पेशालाई केवल व्यवसाय नभई सेवा र मानवीय उत्तरदायित्वको माध्यमका रूपमा आत्मसात् गर्दै आएका यी दुई चिकित्सकको जीवनयात्रा अब वैवाहिक सम्बन्धमार्फत अझ अर्थपूर्ण, जिम्मेवार र प्रेरणादायी बन्ने विश्वास परिवारजन, आफन्त तथा शुभेच्छुकहरूले व्यक्त गरेका छन् ।

    वैदिक सनातन परम्पराअनुसार “श्री गणेशाय नमः” तथा “मङ्गलम् भगवान् विष्णुः” को मंगलमय स्मरणसहित आयोजना गरिएको यस शुभ अवसरले प्रेम, विश्वास, संस्कार, आपसी समझदारी र पारिवारिक मूल्यहरूको सुन्दर संगमलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

    पारिवारिक स्रोतका अनुसार नवयुगलको वैवाहिक समारोह यही असार १८ गते, बिहीबार काठमाडौंस्थित वाटिका ब्याङ्क्वेट, लाम्पाटी-कलंकी मा विशेष समारोहबीच सम्पन्न हुने कार्यक्रम तय गरिएको छ ।

    जीवनको नयाँ अध्याय प्रारम्भ गर्न लागेका यस सुन्दर नवदम्पतीप्रति परिवार, आफन्तजन, शुभेच्छुक तथा सम्पूर्ण शुभचिन्तकहरूले सुखद, सफल र समृद्ध दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend