Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनीसहित देशभर फैलियो मनसुन, अब सबै प्रदेशमा वर्षाको प्रभाव


१६, असार २०८३
  • 87
    SHARES
  • लुम्बिनीसहित देशभर फैलियो मनसुन, अब सबै प्रदेशमा वर्षाको प्रभाव

    काठमाण्डाै – यही असार ५ गते पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन आजदेखि देशभर फैलिएको छ ।

    औसत मिति जुन १३ तारिखभन्दा ६ दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर फैलन १२ दिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मनसुन कोशी प्रदेशको पूर्व भू–भागबाट नेपाल प्रवेश गरेकोमा त्यसको चोथै दिन असार ८ गते कोशी, मधेश र बागमती प्रदेशको सबै भू–भाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदशेको पूर्वी भू–भागको थोरै ठाउँसम्म फैलिएको थियो ।

    सामान्यतया मनसुन नेपाल प्रवेश गरेपछि देशभर फैलिन १ हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको हो । अब भने देशका सबै भू–भागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसुनको प्रभाव शुरू भएको छ ।

    नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख अर्थात् असोजको तेस्रो हप्ता हो ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend