Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

खानाको गुणस्तरमा लापरबाही नगर्न गृहको चेतावनी, सबै जिल्ला प्रशासनलाई विशेष निर्देशन


१७, असार २०८३
  • 61
    SHARES
  • खानाको गुणस्तरमा लापरबाही नगर्न गृहको चेतावनी, सबै जिल्ला प्रशासनलाई विशेष निर्देशन

    काठमाण्डौ - बजार अनुगमन कमजोर रहेको निष्कर्षसहित गृह मन्त्रालयले तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । 

    देशभर सञ्चालित कतिपय होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासो बढेपछि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

    मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जबाफदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ । 

    मन्त्रालयले कानुनी कारबाही र बजार अनुगमनलाई तीव्रता दिन आदेश दिएको हो । होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्न, अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन, नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने वा प्रचलित कानुनको उल्लङ्घन गर्ने जुनसुकै पक्षलाई कानुन बमोजिम हदैसम्मको कडा कारबाही गर्न निर्देशन भएको छ । 

    जिल्लाको कार्यसम्पादनलाई मन्त्रालयले प्रत्यक्ष सुपरिवेक्षण गर्ने हुँदा कार्यसम्पादनमा कुनै पनि किसिमको असक्षमता वा उदासीनता प्रस्तुत नगर्न पनि सचेत गराइएको छ ।

    मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटाद्वारा हस्ताक्षरित निर्देशन पत्रमा बजारमा विधिको शासन कायम गर्न स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्नेमा मन्त्रालय पूर्ण विश्वस्त रहेको उल्लेख छ । 

    केही दिन अघि गृहमन्त्री सुधन गुरुङले चितवनको एक होटेलमा अम्लेट खाँदा माछाको काँडा भेटिएपछि तत्कालै होटेललाई जरिवाना समेत गरिएको थियो । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend