Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

देशभर सक्रिय मनसुन, विपद्को जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह


१७, असार २०८३
  • 70
    SHARES
  • देशभर सक्रिय मनसुन, विपद्को जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह

    काठमाण्डौ - मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ । हिजोदेखि नै शुरु भएको पानी पर्नेक्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    असार ५ गते पूर्वबाट भित्रिएको मनसुन यसअघि गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागसम्म विस्तार भएकोमा हिजोदेखि बाँकी सबै भागमा फैलिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भागमा मनसुन विस्तार भएको हो । आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदली छ । 

    गए राति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएकोमा कास्की, लमजुङसहित मध्य क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा भएको छ । बागमतीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी प्रदेशको एक/दुई ठाउँमा बिहान पनि मध्यमसम्मको वर्षा भएको छ । 

    आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति हिमाली तथा पहाडी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    भोलि कोशी र बागमती प्रदेशलगायत देशका धेरैजसो पहाडी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend