Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पश्चिम तराईका केही ठाउँमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने


१८, असार २०८३
  • 74
    SHARES
  • पश्चिम तराईका केही ठाउँमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने

    काठमाण्डौ - पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ  । पछिल्लो ६ घण्टामा कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा कञ्चनपुरमा १२१ मिलिमिटर र कपिलवस्तुमा १०२.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले भने वर्षा केही कम हुँदै गएको छ । विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यमदेखि ठूलो वर्षा भएको छ । 

    आज दिउँसो पनि लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश र कोशी प्रदेशको तराईको एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पनि गण्डकी प्रदेशको पहाडी भेग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend