Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सार्वजनिक गाडीकाे भाडा २ प्रतिशतले घट्याे


१८, असार २०८३
  • 59
    SHARES
  • सार्वजनिक गाडीकाे भाडा २ प्रतिशतले घट्याे

    काठमाण्डाै – सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक गाडीको भाडा घटाएको छ । इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक गाडीको भाडा समायोजन गरेको हो ।

    विभागले आज सूचना निकालेर सार्वजनिक गाडीको भाडा २ प्रतिशतले घटेको जानकारी गराएको हो । यसअघि सार्वजनिक गाडीको भाडादर कायम गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ रुपैयाँ रहेकोमा अहिले घटेर औसत १९२ रुपैयाँ ८३ रुपैयाँ कायम भएको छ । यो गिरावट प्रतिशतका आधारमा झन्डै १८ दशमलव २३ प्रतिशत हुन आउँछ ।

    वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा त्योभन्दा धेरैले घटबढ हुँदा स्वचालितरूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर इन्धनको मूल्य १८ प्रतिशतभन्दा धेरैले घट्दा पनि विभागले लामो दूरीका सार्वजनिक गाडीमा २ प्रतिशतमात्र भाडा घटाएको छ ।

    विभागका अनुसार यसअघि इन्धनको मूल्य बढ्दा वैज्ञानिक प्रणालीअनुसार ९ दशमलव ८ देखि १४ दशमलव ३ प्रतिशतसम्म भाडा बढ्नुपर्नेमा ५ प्रतिशत मात्रै बढाएका कारण अहिले घटाउँदा पनि त्यही दरमा घटाइएको हो । यो नयाँ भाडा दर आजैदेखि लागू हुने विभागले जनाएको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend