काठमाण्डाै – बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् ।
धनगढीबाट बैतडी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो साढे ३ बजेतिर पाटन नगरपालिका–८ गैराखानमा दुर्घटना भएकाे हो ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरूकाे पहिचान हुन बाँकी छ ।
बस सडकबाट १०० मिटर तल खसेको थियाे । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।