Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

देशका सबैजसो ठाउँमा वर्षा : आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने


२१, असार २०८३
  • 58
    SHARES
  • देशका सबैजसो ठाउँमा वर्षा : आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने

    काठमाण्डौ - गए राति देशका सबैजसो ठाउँमा पानी परेको छ । कतै ठूलो वर्षा पनि भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै स्याङ्जामा १४४ मिलिमिटर वर्षा मापन भएको छ । 

    अहिले भने वर्षा पश्चिम नेपालतर्फ केन्द्रित भएको छ । दैलेखमा पछिल्लो १ घण्टामा ४६ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकामा गए राति लगातार वर्षा भए पनि अहिले भने पानी परेको छैन । यस्तै पूर्वी नेपालमा पनि पानी परेको छैन । 

    देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज र भोलि विभिन्न प्रदेशमा हल्का,मध्यम र ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक/दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । 

    आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी–नाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।

     ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend