Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

देशभर धान रोपाइँ सुस्त, असार २२ सम्म ३२.३८ प्रतिशत मात्रै सम्पन्न


२२, असार २०८३
  • 82
    SHARES
  • देशभर धान रोपाइँ सुस्त, असार २२ सम्म ३२.३८ प्रतिशत मात्रै सम्पन्न

    काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ । 

    प्राप्त पछिल्लो तथ्याङ्क अनुसार सोमबार असार २२ गतेसम्म देशभर कुल धान रोप्न योग्य क्षेत्रफलको ३२.३८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्ष २०८२ सालको सोही अवधिमा देशभर ४५ प्रतिशत रोपाइँ भइसकेको थियो ।

    तथ्याङ्क अनुसार नेपालभर कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा हालसम्म ४ लाख ४३ हजार ५९५ दशमलव ०९ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।

    सातै प्रदेशको विवरण हेर्दा सोमबारसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७.९ प्रतिशत रोपाइँ भएको छ ।

    त्यस्तै, गण्डकी प्रदेशमा ४१.० प्रतिशत, कर्णाली प्रदेशमा ४०.५ प्रतिशत, लुम्बिनी प्रदेशमा ३७.३ प्रतिशत, बागमती प्रदेशमा ३३.२ प्रतिशत र कोशी प्रदेश ३१.५ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ ।

    मधेश प्रदेशमा भने सबैभन्दा कम १५.६ प्रतिशत रोपाइँ भएको छ ।

    गत वर्ष असार २२ गतेसम्मको तुलनामा यस वर्ष अधिकांश प्रदेशमा रोपाइँको दर घटेको देखिएको छ । गत वर्ष सोही समयमा सुदूरपश्चिममा ८२.८ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भइसकेको थियो । 

    यस्तै बागमती (५१.९%), गण्डकी (५५.६%) र लुम्बिनी (५२.१%) प्रदेशमा पनि गत वर्षको तुलनामा यस वर्ष रोपाइँको प्रतिशत निकै कम रहेको छ । कोशी प्रदेशमा भने गत वर्ष (२९.५%) को तुलनामा यस वर्ष (३१.५%) सामान्य सुधार देखिएको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend