Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

रौतहटमा जग्गाको साँधलाई लिएर विवाद हुँदा चक्कु प्रहार, एकजनाको मृत्यु


२४, असार २०८३
  • 96
    SHARES
  • रौतहटमा जग्गाको साँधलाई लिएर विवाद हुँदा चक्कु प्रहार, एकजनाको मृत्यु

    काठमाडौं । रौतहटमा जग्गा विवादलाई लिएर झगडा हुँदा एकजनाको मृत्यु भएको छ । जग्गाको साँधलाई लिएर चक्कु प्रहार हुँदा ६० वर्षीय वुटन साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

    मंगलबार बेलुका सवा १० बजे जिल्लाको इसनाथ नगरपालिका–३ औरैयामा रामबहादुर साह, उनकी छोरी ज्वाईं वुटन साह र रामाऔतार साह तथा उनका छोरा राम महेश्वर साहबीच जग्गाको विषयमा झगडा भएको थियो । 

    कुटपिटका क्रममा राम महेश्वर साहले वुटन साहलाई  पिठ्युमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वसन्त गौतमले  जानकारी दिए । 

    घाइते भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाएकोमा उपचारको क्रममा ११ उनको मृत्यु भएको गौतम बताए । 

    रामबहादुर साहलाई टाउकोमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने राम महेश्वर साह र रामाऔतार साहलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

    “उनीहरूबीच पटक–पटक जग्गाको साँधको विषयमा झगडा भएको पाइएको छ,” प्रहरी नायव उपरीक्षक गौतमले भने, “हिजो भने चक्कु नै प्रहार हुँदा एकजनाको मृत्यु भएको छ ।” 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend