Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

स्थानीय तहका जनप्रतिनिधिको सुविधा बढाउने विधेयक फिर्ता, योजना आयोगमा सदस्य नियुक्ति प्रक्रिया अघि बढ्ने


२४, असार २०८३
  • 68
    SHARES
  • स्थानीय तहका जनप्रतिनिधिको सुविधा बढाउने विधेयक फिर्ता, योजना आयोगमा सदस्य नियुक्ति प्रक्रिया अघि बढ्ने

    दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन संशोधन गर्न ल्याइएको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको छ। बुधबार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

    सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ संशोधन गर्न दर्ता गरिएको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरिएको हो। सरकारको निर्णयसँगै उक्त विधेयकको आगामी प्रक्रियाबारे नयाँ ढंगले छलफल हुने अपेक्षा गरिएको छ।

    मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रस्तुत लुम्बिनी प्रदेश सभा सचिवालयलाई जानकारी गराउने सम्बन्धी प्रस्तावसमेत अनुमोदन गरेको छ। साथै, लामो समयदेखि रिक्त रहेको प्रदेश योजना आयोगको सदस्य पदमा नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने निर्णय पनि गरिएको छ।

    प्रदेश सरकारका पछिल्ला निर्णयहरूले प्रशासनिक तथा नीतिगत विषयलाई व्यवस्थित बनाउने, रिक्त संरचनामा पदपूर्ति गर्ने तथा प्रदेशका संस्थागत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको सरकारको भनाइ छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend