Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अनियमित मनसुन र बढ्दो तापक्रम : हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम


२४, असार २०८३
  • 67
    SHARES
  • अनियमित मनसुन र बढ्दो तापक्रम : हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम

    काठमाण्डाै – मौसमविद्ले यस वर्षको मनसुनमा लामो समयसम्म सुक्खा अवस्था रहने, अचानक अत्यधिक वर्षा हुने, आकस्मिक बाढी, पहिरो तथा हिमनदीसँग सम्बन्धित जोखिम बढ्नसक्ने चेतावनी दिएका छन् ।

    पाकिस्तान र भारतका विभिन्न ठाउँमा विनाशकारी बाढी तथा ‘क्लाउड बर्स्ट’ अर्थात् थाेरै समयमा सीमित क्षेत्रमा अचानक ठूलाे पानी परेर उत्पन्न भएका विपद्का घटना जारी रहेकाले हिन्दूकुश हिमालय (एचकेएच) क्षेत्रका समुदायले यस वर्षको मनसुनमा मौसमीय प्रवृत्तिको सामना गर्नुपर्ने मौसम पूर्वानुमानकर्ताले चेतावनी दिएका हुन् ।

    पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा भर्खरै ‘क्लाउड बर्स्ट’ घटना भएकाे थियाे । भारतको अरुणाचल प्रदेशमा अत्यधिक वर्षाका कारण आएको बाढीपछि मौसम विशेषज्ञले सचेत गराएका छन् । मनसुन पूर्वानुमान २०२६ ले हिन्दूकुश हिमालय क्षेत्रका धेरैजसाे भागमा मौसमी वर्षा सामान्यभन्दा कम रहने प्रक्षेपण गरेको छ ।

    अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का विपद् जोखिम न्यूनीकरण विशेषज्ञ सस्वता सन्यालले मौसमी वर्षा कम हुनु भनेको बाढीको  जोखिम कम हुने भन्ने भ्रमबाट मुक्त हुन अनुरोध गर्नुभयो ।

    ‘मौसमी पूर्वानुमानले केही महिनाको औसत अवस्थालाई देखाउँछ, कुनै एक उपत्यकामा के हुन्छ भन्ने होइन । एल निनोको प्रभावमा लामो सुक्खा अवधिबीच स्थानीय रूपमा हुने अत्यधिक वर्षाले विनाशकारी आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्छ’, उहाँले भन्नुभयो ।

    मनसुन असमान हुने र पूर्वानुमान गर्न कठिन बन्दै गएको छ । लामो समयसम्म सुक्खा अवस्था रहँदा कृषि र पानी आपूर्तिमा दबाव बढिरहेको छ । छिटपुट अत्यधिक वर्षाका घटनाले जनजीवन र पूर्वाधारलाई निरन्तर जोखिममा पारिरहेका छन् ।

    सामान्यभन्दा धेरै तापक्रमले सिन्धु, गङ्गा र ब्रह्मपुत्र नदी प्रणालीका हिमनदी–आधारित नदी बेसिनमा जोखिम अझ बढाउने अनुमान छ । बढ्दो तापक्रमले हिमनदी र हिउँ पग्लिने प्रक्रिया तीव्र बनाउँछ जसले नदीमा थप पानी बढ्छ । यसले पहाडी भिरालो भूभाग तथा हिमताललाई अस्थिर बनाउँछ ।

    जलविज्ञ मनिष श्रेष्ठले पाकिस्तानको ‘थोरे’ उपत्यकामा भर्खरै आएको बाढीले हिन्दूकुश हिमालय क्षेत्रको जोखिम देखाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अत्यधिक वर्षा, हिमनदी पग्लिनु, अस्थिर भिरालो जमिन र तीव्र गतिमा बग्ने नदीले एकअर्कासँग मिलेर शृङ्खलाबद्ध विपद् सिर्जना गर्न सक्छन् । तयारी पनि संयुक्त जोखिमलाई ध्यानमा राखेर गर्नुपर्छ, प्रत्येक जोखिमलाई अलग रूपमा हेरेर होइन ।’

    जलवायु विज्ञले यस्तो अवस्थामा सरकारले खडेरी, अत्यधिक गर्मी, आकस्मिक बाढी, पहिरो र हिमनदीसम्बन्धी जोखिमलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा सामना गर्न तयारी गर्नुपर्छ भन्ने धारणा राखेका छन् ।

    नेपाल, भारतका उत्तरी तथा उत्तर–पूर्वी क्षेत्र, पाकिस्तान र अन्य जोखिमयुक्त पहाडी क्षेत्रका नदी किनार, ठाडो ओराले भूभाग तथा तीव्र रूपमा विस्तार भइरहेका शहरी क्षेत्रमा विशेष ध्यान दिन आवश्यक छ ।

    मनसुनका अझै धेरै हप्ता बाँकी रहेकाे छ । मौसम विज्ञका अनुसार सबैभन्दा ठूलो जोखिम भनेको कम वर्षा हुने दिनलाई कम विपद्को सङ्केत ठान्नु हो । यस वर्षको मनसुनले खडेरी र बाढी दुवैका लागि एकैसाथ तयारी गर्नुपर्ने आवश्यकता देखाएको छ ।

    इसिमोडका जल तथा विपद् जोखिम न्यूनीकरण प्रमुख नीरा श्रेष्ठ प्रधानका अनुसार हिमाली समुदायले लामो समयदेखि प्रयोग गर्दै आएको वैज्ञानिक पूर्वानुमान र स्थानीय ज्ञानलाई एकसाथ संयोजन गर्नु आवश्यक छ । ‘भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती यस मनसुनमा बढी जोखिममा रहने ठाउँमध्ये पर्दछन्’, उहाँले भन्नुभयो ।

    नदी प्रणाली र राष्ट्रिय सीमापार फैलिने जोखिम व्यवस्थापनका लागि सीमापार पूर्वसूचना प्रणाली तथा सूचना आदनप्रदानलाई सुदृढ बनाउनु आवश्यक हुँदै गएको मौसम पूर्वानुमानकर्ताले सुझाव दिएका छन् ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend