Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, मौसम विभागले दियो सतर्कता सन्देश


२५, असार २०८३
  • 85
    SHARES
  • आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, मौसम विभागले दियो सतर्कता सन्देश

    काठमाण्डौ - गएराति र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    अरू ठाउँका तुलनामा कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक, दोलखा, सङ्खुवासभा, नवलपरासी, चितवन, पाल्पा र रुपन्देहीमा ठूलो पानी परेको छ । 

    आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । 

    यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    कोशी र गण्डकी प्रदेशको पहाडका एक/दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    warning-map-day-2-1783512629031-1783558550.png

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend