Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

३३ करोड बिगो दाबी गरिएको टेलिकम भ्रष्टाचार मुद्दामा सबै आरोपितले पाए सफाइ


२५, असार २०८३
  • 59
    SHARES
  • ३३ करोड बिगो दाबी गरिएको टेलिकम भ्रष्टाचार मुद्दामा सबै आरोपितले पाए सफाइ

    काठमाडौँ। विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

    विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार प्रतिवादी बनाइएका सबैलाई सफाइ दिएको हो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा ठुलो आर्थिक अनियमितता र मिलेमतो भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। 

    तत्कालीन प्रबन्ध निर्देशक पौडेलसहितका प्रतिवादीहरूले पदको दुरुपयोग गरी राज्यकोषमा ठुलो नोक्सानी पुर्‍याएको अख्तियारको आरोप लगाएको थियो। यस भ्रष्टाचार मुद्दामा संलग्न रहेका प्रतिवादीहरू विरुद्ध कुल ३३ करोड रुपैयाँ बिगो मागदाबी गर्दै कारबाहीको माग गरिएको थियो।

    प्रतिवादीहरू सुनिल पौडेल, संगीता पहाडी भन्ने संगिता अर्याल, प्रतिभा वैद्य भन्ने प्रतिभा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमुल प्रधान, राजीव कुमार के.सी, हेमप्रभा कर्ण भन्ने हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई लगायतले सफाई पाएका हुन्।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend