Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो


२८, असार २०८३
  • 77
    SHARES
  • बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो

    धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइतेको उद्धारका लागि शनिबार बझाङ पुगेको नेपाली सेनाको हेलिकप्टरले उनीहरूलाई नेपालगन्ज पुर्‍याएको हो। हेलिकप्टरले दुई–दुई जनाका दरले पालैपालो घाइतेलाई उद्धार गरेको प्रहरीले जनाएको छ।

    नेपालगन्ज लगिएका घाइतेमा दुर्गाथली गाउँपालिका–६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता र केदारस्यूँ गाउँपालिका–७ का देवबहादुर धामी रहेका छन्।

    दुर्घटनापछि उनीहरूलाई उद्धार गरेर शनिबार राति जिल्ला अस्पताल बझाङ पुर्‍याइएको थियो। अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

    शनिबार दिउँसो बुंगल नगरपालिकाबाट दुर्गाथली गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जिप केदारस्यूँ गाउँपालिका–७ मा दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।

    घटनापछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर शनिबार नै बझाङ पुगे पनि खराब मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न नसकेको थियो।

    त्यसपछि हेलिकप्टर सदरमुकाम चैनपुरमा अवतरण गरेको थियो। राति ढिलो गरी घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्‍याइएपछि आइतबार गम्भीर अवस्थाका घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको हो।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend