Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

महेन्द्र थापाको ऐतिहासिक पहल : बुटवलको गौरव, इतिहास र पर्यटनलाई नयाँ आयाम


२८, असार २०८३
  • 386
    SHARES
  • महेन्द्र थापाको ऐतिहासिक पहल : बुटवलको गौरव, इतिहास र पर्यटनलाई नयाँ आयाम

    बुटवल । गुल्मीको पिपलधारामा जन्मिएका वरिष्ठ पत्रकार महेन्द्र थापाले तीन दशकभन्दा लामो सक्रिय पत्रकारिता यात्रापछि बुटवल तथा आसपासका ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसारलाई केन्द्रमा राख्दै एक जानकारीमूलक पुस्तक तयार पारेका छन् । उनले विशेष गरी लुम्बिनी र जितगढीलाई यस क्षेत्रका प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गर्दै यिनको प्रभावकारी संरक्षण र विकास गर्न सके स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढ्ने विश्वास व्यक्त गरेका छन् ।

    थापाका अनुसार बुटवल-पाल्पा क्षेत्रको इतिहासलाई गौरवशाली बनाउने दुई महान् व्यक्तित्व राजा मणिमुकुन्द सेन र कर्णेल उजिरसिंह थापा हुन् । उनका अनुसार राजा मणिमुकुन्द सेनले यस क्षेत्रको राजनीतिक, सांस्कृतिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए भने कर्णेल उजिरसिंह थापाले नेपाल-अङ्ग्रेज युद्ध (वि.सं. १८७१-७२) का क्रममा अदम्य साहस, रणनीतिक नेतृत्व र वीरतापूर्ण संघर्षमार्फत जितगढीसहित यस क्षेत्रलाई अङ्ग्रेजी आक्रमणबाट जोगाएर राष्ट्रिय स्वाभिमानको रक्षा गरेका थिए ।

    “यी दुई विभूति बुटवल वा पाल्पाका मात्र होइनन्, सम्पूर्ण नेपाली इतिहासका गौरवशाली नायक हुन्,” थापाले भने । “उहाँहरूको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन, पाठ्यपुस्तकमा समावेश गर्न तथा ऐतिहासिक सम्पदाको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्न आवश्यक छ । साथै, लुम्बिनी र जितगढीको योजनाबद्ध विकासले पर्यटन, रोजगारी र स्थानीय अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”

    पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुलेका थापाका लेख, समाचार र विश्लेषणहरू राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, कान्तिपुर, अन्नपूर्ण पोस्ट, द हिमालयन टाइम्स, जनसत्ता तथा बुटवलबाट प्रकाशित विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन् । 

    आफ्नो अनुभव र अध्ययनलाई समेटेर उनले सर्वसाधारण तथा अनुसन्धानकर्ताका लागि उपयोगी हुने उद्देश्यले संक्षिप्त तर तथ्यपरक पुस्तक तयार पारेको बताए ।
    उनले पुस्तकलाई अझ परिष्कृत र विश्वसनीय बनाउन पाठक, इतिहासकार तथा अनुसन्धानकर्ताबाट प्राप्त हुने सुझाव र रचनात्मक प्रतिक्रियालाई आगामी संस्करणमा समावेश गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

    स्थानीय बुद्धिजीवी, इतिहासप्रेमी तथा पर्यटन व्यवसायीहरूले थापाको यस पहलको स्वागत गरेका छन् । उनीहरूका अनुसार यस्ता प्रकाशनले नयाँ पुस्तामा इतिहास, संस्कृति र राष्ट्रिय पहिचानप्रति गौरवको भावना जागृत गर्नुका साथै जितगढी, मणिमुकुन्द पार्क तथा लुम्बिनीजस्ता सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend