Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

स्वास्थ्य बीमा बोर्डको निर्देशकका लागि आह्वान गरिएको दरखास्त रद्द


३०, असार २०८३
  • 67
    SHARES
  • स्वास्थ्य बीमा बोर्डको निर्देशकका लागि आह्वान गरिएको दरखास्त रद्द

    काठमाडौँ ।  सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशका लागि आह्वान गरेको दरखास्त रद्द गरेको छ। 

    स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द गरेको हो। मन्त्रालयले कार्यविधि बनाई दरखास्त आह्वान गर्ने प्रावधान रहेको भन्दै गत असार २ गते खुलाएको दरखास्त रद्द गरिएको जनाएको छ। 

    स्वास्थ्य मन्त्रालयले असार २ गते १५ दिनको म्याद राखेर कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको थियो। असार १६ गते दरखास्त दिएका १२ जनाको नाम सार्वजनिक समेत गरेको थियो। तर, कार्यकारी निर्देशक चयन गर्ने समयमा आएर स्वास्थ्य मन्त्रालयले दरखास्त नै रद्द भएको सूचना निकालेको छ। 

    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकको पद महिनौँदेखि खाली छ। मन्त्रालयबाट खटाइएकी एघारौँ तहकी नर्सिङ् अधिकृत सकुन्तता प्रजापतिले अहिले बोर्डको निमित्त कार्यकारी निर्देशकको रुपमा कामकाज चलाएकी छन्।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend