Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

काठमाडौं-हेटौंडा आउजाउ गर्ने दुई राजमार्गमा राति गाडी चलाउन रोक


३०, असार २०८३
  • 63
    SHARES
  • काठमाडौं-हेटौंडा आउजाउ गर्ने दुई राजमार्गमा राति गाडी चलाउन रोक

    काठमाडौं । हेटौंडा-काठमाडौं जोड्ने दुई वटा राजमार्ग रातिको समयमा बन्द हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौंडा-भैंसे-काठमाडौं र हेटौंडा हुँदै काठमाडौं आउजाउ गर्ने कान्ति राजमार्ग मंगलबार साँझ साढे ६ बजेदिख बुधबार बिहान ५ बजेसम्म बन्द हुनेछन् । बाढी पहिरोको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले रातिको समयमा दुवै राजमार्गमा सवारी चलाउन रोक्ने निर्णय गरेको हो ।

    २८ असारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढ्दै गएको, मौसम पूर्वानुमानअनुसार थप वर्षा हुने सम्भावना रहेको,  बागझोर क्षेत्रमा  जुनसुकै समयमा गेग्रानसहितको भेल आउन सक्ने जोखिम रहेको, भीमफेदीस्थित बेलिब्रिज मर्मततको क्रममा रहेको तथा वैकल्पिक डाइभर्सन बाढीले बगाएको, साथै हेटौंडा-भीमफेदी-सिस्नेरी हुँदै काठमाडौं जाने सडकखण्डमा वर्षा हुनासाथ ढुंगा खस्ने  तथा पहिरो जाने उच्च जोखिम कायम रहेकोले यात्रुको सुरक्षा तथा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी आवागमन बन्द गर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।

     

    हेर्नुहोस् विज्ञप्ति :

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend