Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणका रायमाझी र खाणसहित १६ दोषीलाई सजाय तोकियो


३१, असार २०८३
  • 97
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणका रायमाझी र खाणसहित १६ दोषीलाई सजाय तोकियो

    काठमाण्डौ - नक्कली भुटानी शरणार्थी प्रकरणका १६ जना दोषीलाई सजाय तोकिएको छ । 

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका १६ दोषीलाई जिल्ला अदालत काठमाण्डौले न्यूनतम एक वर्षदेखि अधिकतम चार वर्षसम्म सजाय निर्धारण गरेको हो । 

    पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित नौ अभियुक्तलाई जनही चार वर्ष कैद र ४० हजार जरिवाना तोकेको छ भने अर्का पूर्वमन्त्री बालकृष्ण खाणसहित दुई जनालाई जनही दुई वर्ष कैद र २० हजार जरिवाना ठहर्‍याएको छ ।  बाँकी पाँच अभियुक्तका हकमा जनही एक वर्ष कैद र १० हजार जरिवाना निर्धारण गरेको छ । 

    जिल्ला अदालत काठमाण्डौका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार जरिवाना तोकेको छ । 

    सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठित मुद्दामा टेकनाथ रिजाललाई दुई वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ । यस्तै पूर्व गृहसचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पालाई चार वर्ष कैद तथा ४० हजार जरिवाना तोकिएको छ । 

    यसै गरी शमशेर मिया, हरिभक्त महर्जन, नीरञ्जनकुमार खरेल, नरेन्द्र केसी र बेचन झालाई एक वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । न्यायाधीश खड्काको इजलासले गएको असार २३ मा कसुर ठहरको फैसला गरेकामा हिजो सजाय सुनाएको हो । 

    1-1784078479.jpg

    2-1784078479.jpg
     

    3-1784078480.jpg

    4-1784078480.jpg

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend