Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

५० युनिट भन्दा बढी बिजुली खपत गर्ने ग्राहकको बिलमा आजदेखि ५ प्रतिशत कर लागू


१, साउन २०८३
  • 72
    SHARES
  • ५० युनिट भन्दा बढी बिजुली खपत गर्ने ग्राहकको बिलमा आजदेखि ५ प्रतिशत कर लागू

    काठमाडौं - नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि ५० युनिट भन्दा बढी विद्युत खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने भएको छ।

    प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका लागि आफ्नो बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको हाे। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमा थप विद्युत कर लगाउनुभएकाे थियाे। सरकारको निर्णय अनुसार पहिलो ५० युनिटसम्मको विद्युत महसुलमा भने भ्याट लाग्ने छैन। त्यस भन्दा माथिको खपतमा लाग्ने विद्युत महसुलमा मात्रै ५ प्रतिशत भ्याट जोडिनेछ।

    साेही व्यवस्था अनुसार मासिक ५० युनिट भन्दा कम बिजुली प्रयोग गर्ने ग्राहक अतिरिक्त भ्याटको दायरामा पर्ने छैनन्। तर ५१ युनिट वा सो भन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताले अतिरिक्त भ्याट तिर्नुपर्नेछ। प्राधिकरणले देशैभर ५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकको सङ्ख्या ३० लाख भन्दा बढी रहेकाे जनाएकाे हाे।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend