Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

कोशीदेखि लुम्बिनीसम्म सडक अवरुद्ध, यात्रुहरूलाई सतर्क रहन आग्रह


२, साउन २०८३
  • 89
    SHARES
  • कोशीदेखि लुम्बिनीसम्म सडक अवरुद्ध, यात्रुहरूलाई सतर्क रहन आग्रह

    काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण  विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा ठप्प छन्।

    कोशी प्रदेशमा मेची राजमार्गका दुई ठाउँमा सडक अवरुद्ध भएको छ। इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरो र वर्षाका कारण यातायात पूर्ण रूपमा बन्द छ। यद्यपि, भोजपुरको मध्य पहाडी लोकमार्गमा भने बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

    बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको विपि राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा सुरक्षाका कारण सवारी साधन चल्न दिइएको छैन।

    यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जिरोकिलो र कोदारीमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटको ककनीमा पनि पहिरोले बाटो छेकेको छ।

    गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। लुम्बिनी प्रदेशमा पनि अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक र रोल्पाको घोराही–थवाङ सहिद राजमार्ग पहिरोका कारण ठप्प बनेका छन्।

    यात्रामा निस्कनुअघि नजिकैको प्रहरी कार्यालय वा सडक विभागको सूचना हेर्न र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।

    750617447_1341176058214298_4565777952664009364_n

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend