Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना, पर्सि सम्म नै सावधानी अपनाउन आग्रह


२, साउन २०८३
  • 83
    SHARES
  • आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना, पर्सि सम्म नै सावधानी अपनाउन आग्रह

    काठमाण्डौ — आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ ।

    गएरातिदेखि नै मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पानी पर्नेक्रम सोमबारसम्म नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसमविद् सञ्जीव अधिकारीका अनुसार हिजो/अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका थोरै ठाउँमा ठूलो वर्षा तथा एक/दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा पनि मुसलधारे वर्षा हुनसक्ने अनुमान छ । भोलि आइतबार र पर्सि सोमबार पनि मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    मुसलधारे र आरीघोप्टे वर्षाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन र यात्रा गर्नुपूर्व पनि मौसम र सडकको अवस्थाबारे पूर्व जानकारी लिन मौसमविद्को अनुरोध छ  ।

    मौसमका जानकार उज्जवल उपाध्यायले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले लामो दूरीको यात्रा नगर्न फेसबुकमार्फत सुझाव दिनुभएको छ ।

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend