Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आज राति र भोलि देशका धेरै ठाउँमा आरिघोप्टे वर्षाको सम्भावना


२, साउन २०८३
  • 84
    SHARES
  • आज राति र भोलि देशका धेरै ठाउँमा आरिघोप्टे वर्षाको सम्भावना

    काठमाण्डौ - जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना रहेको छ । 

    बङ्गालको खाडीमा विकसित प्रणाली उत्तर–पश्चिम सर्दै गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिनमार्फत जानकारी गराएको छ । 

    महाशाखाका अनुसार देशभरको हिमाली/पहाडी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईका एक/दुई ठाउँमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना छ ।

    यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

    आरिघोप्टे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने बताएको हो । प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । 

    विशेष गरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाडी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ । 

    प्राधिकरणका प्रवक्ता शान्ति महतले तीन वटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सडक खण्डमा पहिरो पन्छाउन उपकरण तयारी राख्न आग्रह गर्नुभएको छ । 

    Alert_Notice__NDRRMA_20830402-2000x2000-1784361992.jpg

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend