Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

जल तथा माैसम विज्ञान विभागले भन्याे– ‘प्रक्षेपणअनुसार बाढीको खतरा छैन’


३, साउन २०८३
  • 68
    SHARES
  • जल तथा माैसम विज्ञान विभागले भन्याे– ‘प्रक्षेपणअनुसार बाढीको खतरा छैन’

    काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले हिजाे शनिवार निकालेकाे विशेष मौसमी बुलेटिनअनुसार अनुमान गरिएको जस्तो बाढीको खतरा नरहेको जनाएको छ । यद्यपि आज र भोलि देशका विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    विभागले शनिवार विशेष मौसमी बुलेटिन निकालेर कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका १/२ ठाउँमा धेरै ठूलाे वर्षा हुन सक्ने र त्यसका कारण बाढी पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेको थियो ।

    त्यही आधारमा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन निकालेको थियो ।

    विभागका बाढीविद् सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा अनुमान गरिएको स्तरको बाढीको जोखिम नदेखिएको बताउनुभयो । धेरै ठूलाे वर्षाको सम्भावना भनिए पनि १/२ ठाउँमा मात्रै भयो । वर्षा एउटै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले हामीले प्रक्षेपण गरेअनुसार ठूलो बाढी जोखिम आएन, उहाँले भन्नुभयो, तर आज र भोलि केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम छ ।

    उहाँका अनुसार आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ ।

    यद्यपि झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डाै, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने स–साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा गाडी आवागमन रोक्ने तथा अन्य पूर्वतयारीका गतिविधिलाई सशक्त बनाएको छ ।

    प्राधिकरणका अनुसार अन्य जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ भने सम्भावित विपद्को प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend