Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

देशभरका बालसुधार गृहको अवस्था सुधार गर्न सरकारलाई ४ बुँदे निर्देशन


३, साउन २०८३
  • 53
    SHARES
  • देशभरका बालसुधार गृहको अवस्था सुधार गर्न सरकारलाई ४ बुँदे निर्देशन

    काठमाणडाै – प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले देशभरका बालसुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई ४ बुँदे निर्देशन दिएको छ ।

    बालसुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढाउन निर्देशन दिएको हो ।

    समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ्दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो ।

    यसैगरी रुपन्देहीको बालसुधार गृह साँघुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ ।

    समितिले बालबालिकाले पाउँदै आएको दैनिक ’सिधा’ र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकताअनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्नसमेत सरकारलाई सचेत गराएको छ ।

    उपसमितिको प्रतिवेदनअनुसार देशभरका १० वटा बालसुधार गृहको कुल क्षमता १ हजार ८५ जनाको भए पनि अहिले १ हजार १९५ जना बालबालिका आश्रित छन् ।

    पुराना र कारागारजस्ता भौतिक संरचनामा सञ्चालित ती सुधार गृहहरूमध्ये ४ वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend