Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची-काठमाडौं सम्पर्क समितिद्वारा स्वर्गीय अधिकारीको स्मृतिमा श्रद्धाञ्जली सभा, योगदानको उच्च सम्मान


४, साउन २०८३
  • 100
    SHARES
  • अर्घाखाँची-काठमाडौं सम्पर्क समितिद्वारा स्वर्गीय अधिकारीको स्मृतिमा श्रद्धाञ्जली सभा, योगदानको उच्च सम्मान

    काठमाडौं । सन्धिखर्क नगरपालिका-५ का वडाध्यक्ष तथा नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व जिल्ला सदस्य स्वर्गीय ऋषभ अधिकारीको स्मृतिमा नेपाली काङ्ग्रेस अर्घाखाँची-काठमाडौं सम्पर्क समितिको आयोजनामा आज काठमाडौंमा श्रद्धाञ्जली तथा शोकसभा कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य रेवती प्रसाद भुसाल, लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णु प्रसाद खनाल, प्रदेश सदस्यद्वय डा. जयबहादुर टन्डन र ताराप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका पूर्व सचेतक निर्मला क्षेत्री लगायत विभिन्न तहका नेता-कार्यकर्ता, जनप्रतिनिधि, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो"।

    श्रद्धाञ्जली सभामा वक्ताहरूले स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पार्टी संगठन निर्माण, लोकतान्त्रिक आन्दोलनको सुदृढीकरण तथा जनप्रतिनिधिका रूपमा जनताको सेवामा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा बक्ताहरुले गरेका थिए । उहाँको सरल, निष्ठावान् र जनमुखी नेतृत्वले अर्घाखाँचीको राजनीतिक तथा सामाजिक जीवनमा अमिट छाप छोडेको उनीहरूको भनाइ थियो ।

    कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो । सहभागीहरूले स्वर्गीय अधिकारीले स्थापित गरेका लोकतान्त्रिक मूल्य, आदर्श र जनसेवाको भावनालाई निरन्तर अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

    सन्धिखर्क नगरपालिका-५ का वडाध्यक्ष तथा नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व जिल्ला सदस्य ऋषभ अधिकारीको २०८३ साल असार ३० गते ७० वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो । उहाँका दुई श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

    स्वर्गीय अधिकारीको निधनले नेपाली कांग्रेस अर्घाखाँची मात्र होइन, समग्र जिल्लाले एक इमानदार, कर्मशील र जनप्रिय राजनीतिक व्यक्तित्व गुमाएको भन्दै श्रद्धाञ्जली सभामा उपस्थित सबैले उहाँप्रति उच्च सम्मान व्यक्त गरेका थिए ।

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend