Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

टिग्मोमार्फत आइएमईमा पैसा पठाउने ग्राहकलाई बीवाईडी ईभी, स्कुटर र आइफोन उपहार


५, साउन २०८३
  • 91
    SHARES
  • टिग्मोमार्फत आइएमईमा पैसा पठाउने ग्राहकलाई बीवाईडी ईभी, स्कुटर र आइफोन उपहार

    काठमाडौं । साउदी अरेबियाबाट टिग्मो (Tigmo) डिजिटल वालेटमार्फत आइएमईमा रेमिट्यान्स पठाउने ग्राहकका लागि सञ्चालन गरिएको विशेष योजनाअन्तर्गत अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ (BYD Atto 1) इलेक्ट्रिक कार जितेका छन्।

    मंगलबार आयोजित विशेष कार्यक्रममा आइएमईले विजेता अभिषेक कालाखेतीका तर्फबाट उनकी श्रीमती कल्पना कालाखेतीलाई बीवाईडी ईभी हस्तान्तरण गरेको हो।

    योजनाअन्तर्गत युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओविन इलेक्ट्रिक स्कुटर जितेका छन् भने १२ जना भाग्यशाली ग्राहकले आइफोन १७ प्राप्त गरेका छन्। पुरस्कार आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

    कार्यक्रममा बोल्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा रेमिट्यान्स सेवा कागजी प्रक्रियाबाट सुरु भएर अहिले पूर्ण रूपमा डिजिटल युगमा प्रवेश गरेको उल्लेख गर्दै साउदी अरबमा रहेका नेपालीलाई टिग्मोमार्फत आइएमईमा सुरक्षित र सहज रूपमा रकम पठाउन आग्रह गरे।

    आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीका प्रवर्द्धनात्मक अभियानहरू केवल बजार विस्तारका लागि नभई सेवाग्राही र उनीहरूको परिवारलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले सञ्चालन गरिने बताए। उनले आगामी दिनमा पनि ग्राहकमुखी आकर्षक योजनाहरू निरन्तर ल्याइने जानकारी दिए।

    आइएमईले पुस २१ देखि चैत १७ गतेसम्म सञ्चालन गरेको उक्त योजनामा ५ जना ग्राहकले १०–१० हजार रुपैयाँ नगद पुरस्कार समेत प्राप्त गरेका छन्। कम्पनीका अनुसार योजना अवधिभर ७५ जना ग्राहक विभिन्न पुरस्कारका विजेता बनेका छन्।

    कम्पनीका अनुसार सबै विजेताको छनोट डिजिटल लक्की ड्रमार्फत गरिएको हो। यस योजनामा एक जनालाई बीवाईडी एट्टो १ ईभी, मासिक दुई जनालाई याडिया ओविन इलेक्ट्रिक स्कुटर तथा साप्ताहिक १२ जनालाई आइफोन १७ पुरस्कार प्रदान गरिएको थियो।

    आइएमईले यसैबीच ‘टिग्मो एण्ड विन फाइभ टाइम्स मोर’ नामक नयाँ ग्राहक योजना अगस्ट १ देखि अक्टोबर ३१ सम्म सञ्चालन गर्ने घोषणा गर्दै विदेशबाट डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने ग्राहकलाई थप आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिने जनाएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend