Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

मन्त्रिपरिषद्का ७ ऐतिहासिक निर्णय: शिक्षा–स्वास्थ्य समता कर खारेजदेखि मिटरब्याजका फर्जी कागज अवैध घोषणा


७, साउन २०८३
  • 72
    SHARES
  • मन्त्रिपरिषद्का ७ ऐतिहासिक निर्णय: शिक्षा–स्वास्थ्य समता कर खारेजदेखि मिटरब्याजका फर्जी कागज अवैध घोषणा

    काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट सात महत्वपूर्ण निर्णय गर्दै शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क (कर) पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेल ले बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क पूर्ण रूपमा हटाइएको जानकारी दिए।

    बैठकले न्यायिक नियुक्तिदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, मिटरब्याज पीडितका माग सम्बोधन तथा गणेश नेपालीको आत्मदाह घटनाको छानबिनसम्मका महत्वपूर्ण निर्णय गरेको छ।

    मन्त्रिपरिषद्ले विशेष अदालतको अध्यक्ष मा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य र श्रम अदालतको अध्यक्ष मा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारी लाई तोक्ने निर्णय गरेको छ। त्यस्तै, गुठी संस्थानको प्रशासक मा शैलेशराज कुँवर नियुक्त भएका छन्।

    सरकारले पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय उडान विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले २०८५ साल भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय पनि गरेको छ।

    मिटरब्याज पीडित नागरिकका माग सम्बोधन गर्न गठित समिति र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन का प्रतिनिधिबीच साउन १ गते भएको सम्झौतालाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ। साथै, सम्झौताअनुसार मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिदेखि अवैध घोषणा गर्ने निर्णय पनि गरिएको छ।

    त्यसैगरी, गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोला को संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ।

    मन्त्रिपरिषद्को अर्को महत्वपूर्ण निर्णयअनुसार आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ, जसबाट शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा थप राहत पुग्ने सरकारको अपेक्षा छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend