Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अविरल वर्षाले देशभर सडक संकट: ७ जिल्लाका प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, बीपी राजमार्ग र कान्ति लोकपथमा रात्रिकालीन आवागमन बन्द


७, साउन २०८३
  • 80
    SHARES
  • अविरल वर्षाले देशभर सडक संकट: ७ जिल्लाका प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, बीपी राजमार्ग र कान्ति लोकपथमा रात्रिकालीन आवागमन बन्द

    काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, बाढी र सडकमा जमेको हिलोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले बुधबार बिहान ९:३० बजेसम्मको अवस्थाबारे जानकारी दिँदै सात जिल्लाका सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा जोखिमका कारण केही मुख्य राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

    प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिम उच्च रहेकाले बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

    यस्तै, वर्षायाममा पहिरोको जोखिम बढेपछि कान्ति लोकपथ मा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।

    यसैबीच, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र भोटेकोशी–२ कोदारीस्थित अरनिको राजमार्ग मा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

    त्यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ भने दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामाबगर–रामेछाप सडकखण्ड सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात सञ्चालन हुन सकेको छैन।

    मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

    नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्दा सडकको अवस्थाबारे पूर्वजानकारी लिएर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ।

     
     
     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend