Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नेपाल–चीन सम्बन्ध थप मजबुत बनाउन झलनाथ खनाल साताव्यापी चीन भ्रमणमा


७, साउन २०८३
  • 60
    SHARES
  • नेपाल–चीन सम्बन्ध थप मजबुत बनाउन झलनाथ खनाल साताव्यापी चीन भ्रमणमा

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल साताव्यापी औपचारिक भ्रमणका लागि बिहीबार जनवादी गणतन्त्र चीन प्रस्थान गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन भ्रमणमा गएका हुन्।

    खनालको सचिवालयका अनुसार भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का उच्च नेतृत्वसँग शिष्टाचार तथा औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटघाटमा नेपाल–चीन सम्बन्धका समसामयिक विषय, द्विपक्षीय सहयोग तथा क्षेत्रीय सहकार्यका विविध पक्षमा विस्तृत छलफल हुने जनाइएको छ।

    भ्रमणका क्रममा दुई देशबीचको परम्परागत मित्रता, राजनीतिक विश्वास, आर्थिक साझेदारी, पूर्वाधार विकास, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउने विषय मा समेत विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

    खनालको यो भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने कूटनीतिक अवसरका रूपमा हेरिएको छ। साथै, दुई देशबीच पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार गर्ने विषय पनि भ्रमणको प्रमुख एजेन्डामा रहने सचिवालयले जनाएको छ।

     
     
     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend