Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त


८, साउन २०८३
  • 102
    SHARES
  • बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

    काठमाडौं । सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छना लगाएको आरोपमा पक्राउ परेकी बेदिका केसी बिहीबार राति नै हाजिर जमानीमा छुटेकी छन् ।

    उनी अहिले विहान १० बजे जिल्ला सरकारी वकिलको कार्यालय भद्रकालीमा उपस्थित हुने शर्तमा रिहा भएको साइबर ब्यूरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीले बताए । उनलाई सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा छोडिएको उनले बताए ।

    पुराण वाचिका राधिका दासीको जाहेरीले उनी बिहीबार विहान पक्राउ परेकी थिइन् । प्रहरीद्वारा सरकारी वकिलको कार्यालयमा अनुसन्धानका लागि १० दिनको म्याद माग गरिएको थियो । तर, १ दिनमात्र म्याद म्याद थप भयो । जाहेरवाली दासीले बेदिकाविरुद्ध जाहेरी दिए पनि थुनामा नराखी सहमति गर्न चाहेकी थिइन् । तर, फौजदारी अभियोगमा जाहेरी दर्ता भएपछि मिलापत्र गर्न मिल्दैन ।

    प्रहरीले आफ्नो तर्फबाट त्यस्तो सुविधा दिने ठाउँ नरहेको भनेपछि उनले सरकारी वकिलको कार्यालयमा यही कुरा राखेकी थिइन् । त्यसैले प्रहरीबाट १० दिनको म्याद माग हुँदा १ दिनको मात्र म्याद दिइयो । र, बिहीबार राति नै रिहा गरी शुक्रबार कार्यालयमा उपस्थित हुन भनिएको सरकारी वकिल कार्यालयस्रोतले जनाएको छ ।

    हाजिर जमानीमा छुटे पनि अदालतमा मुद्दा जारी हुन्छ । त्यस अवधिमा प्रहरीले खोजेको समयमा उपस्थित हुनुपर्छ, उपस्थित नभए पुनः पक्राउ पनि गर्नसक्छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend