Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

विश्वकपसँगै बढ्यो अनलाइन बेटिङको जोखिम : नेपालमा २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द


८, साउन २०८३
  • 28
    SHARES
  • विश्वकपसँगै बढ्यो अनलाइन बेटिङको जोखिम : नेपालमा २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ), स्क्यामिङ तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ भन्दा बढी वेबसाइट र एप बन्द गरेको जनाएको छ। विशेषगरी फिफा विश्वकप सुरु भएपछि यस्ता प्लेटफर्मको प्रयोग तीव्र रूपमा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले व्यापक निगरानी र अवरोध अभियान सञ्चालन गरेको हो।

    सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको ४२औँ बुँदाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित वेबसाइट तथा एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णय कार्यान्वयन गर्दै नेपालमा सञ्चालनमा रहेका बेटिङ प्लेटफर्महरू बन्द गरिए पनि नयाँ नाम र नयाँ डोमेनमार्फत पुनः सञ्चालनमा आउने क्रम भने रोकिएको छैन।

    विश्वकप अवधिमा अनलाइन बेटिङको जोखिम बढ्न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विशेष चासो देखाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले छुट्टै टास्क फोर्स गठन गरेर निगरानीलाई तीव्र बनाएको छ।

    प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएदेखि नै इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिलाई प्राधिकरणमै राखेर शंकास्पद वेबसाइट तथा एपहरू तत्काल ब्लक गर्ने व्यवस्था गरिएको थियो।

    उनका अनुसार आईएसपीसँगको समन्वयमा ती वेबसाइट सञ्चालन हुने यूआरएल (URL) पहिचान गरी अवरुद्ध गरिन्छ। एक–एक वेबसाइट खोजेर बन्द गर्न कठिन हुने भएकाले विभिन्न अधिकारप्राप्त निकायबाट प्राप्त सूचनाका आधारमा बेटिङ तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न वेबसाइटहरूको सूची तयार गरी सामूहिक रूपमा ब्लक गर्ने काम भइरहेको छ।

    प्राधिकरणका अनुसार एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ नाममा पुनः सञ्चालनमा आउने चुनौती कायम छ। त्यसैले नयाँ वेबसाइटहरू निरन्तर पहिचान गर्न 'थ्रेट इन्टेलिजेन्स टुल' प्रयोग गरी अनुगमन (हन्टिङ) गरिँदै आएको छ। यस कार्यका लागि छुट्टै प्राविधिक जनशक्तिसमेत परिचालन गरिएको जनाइएको छ।

    प्राधिकरणले नागरिकलाई पनि यस्ता अवैधानिक वेबसाइट वा एपबारे जानकारी भए सम्बन्धित गिटहब रिपोजिटरीमार्फत विवरण उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ। प्राधिकरणका अनुसार नागरिकको सूचनाले अवैधानिक बेटिङ, स्क्यामिङ तथा वित्तीय अपराध नियन्त्रणमा थप प्रभावकारी सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend