Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

भाइरल स्टन्टपछि सांसद बब्लु गुप्तालाई जरिबाना


८, साउन २०८३
  • 26
    SHARES
  • भाइरल स्टन्टपछि सांसद बब्लु गुप्तालाई जरिबाना

    सिरहा । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता ट्राफिक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लंघन गरेको ठहर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले उनलाई ५ सय रुपैयाँ जरिबाना गरेको हो।

    सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता आफैं जिल्ला ट्राफिक प्रहरी कार्यालय पुगेर जरिबाना बुझाएका हुन्। सार्वजनिक सडकमा जोखिमपूर्ण शैलीमा मोटरसाइकल यात्रा गरेको भिडियो भाइरल बनेपछि उनको व्यापक आलोचना भएको थियो।

    घटनापछि सांसद गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा क्षमायाचना गर्दै रमाइलो गर्ने क्रममा आफूबाट गल्ती भएको स्वीकार गरेका छन्। उनले आफ्नो व्यवहारले गलत सन्देश गएको भन्दै आगामी दिनमा ट्राफिक नियमको पूर्ण पालना गर्ने र यस्ता गल्ती पुनः नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    सार्वजनिक पदमा रहेका व्यक्तिहरूले कानुनको पालना गर्दै नागरिकका लागि उदाहरणीय व्यवहार प्रस्तुत गर्नुपर्ने चर्चा भइरहेका बेला ट्राफिक प्रहरीले नियम उल्लंघनमा कसैलाई पनि छुट नदिने सन्देश दिएको छ।

     
     
     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend