Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणतर्फ : जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह


९, साउन २०८३
  • 88
    SHARES
  • बर्डफ्लुको सङ्क्रमण नियन्त्रणतर्फ : जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह

    काठमाण्डौ — देशका विभिन्न ११ जिल्लामा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रण उन्मुख भएको छ । गएको साउन १ गते यता बर्डफ्लुको सङ्क्रमण देखिएको छैन ।

    सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाएका कारण सङ्क्रमण थप बढ्न नपाएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो ।

    नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पनि रोग नियन्त्रण उन्मुख रहेको र यसअघि प्रभावित किसानलाई सरकारले आवश्यक सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।

    नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा झण्डै १६० अर्ब लगानी रहेको भन्दै उहाँले यसको संरक्षण राज्यतर्फबाट हुनुपर्नेमा जोड दिनुभयो । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह गर्नुभएको छ ।

    उहाँका अनुसार बितेका चार महिनामा आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । ११ लाख ६५ हजार ६६३ अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ । काठमाण्डौ उपत्यकाभित्र र काभ्रेमा मात्रै तीन लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको विभागको तथ्याङ्क छ ।

    महानिर्देशक दाहालका अनुसार प्रभावित किसानलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ । राहतका लागि ५२ करोड रुपैयाँ व्यवस्थापन भएकोमा अहिलेसम्म १०४ जना किसान र फार्मको खातामा  ५० करोड ७१ लाख १५ हजार ७०४ रुपैयाँ रकम निकासा गरिसकिएको छ ।

    बर्डफ्लुको सङ्क्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend